हामीले ज्यादै समस्या र चुलै बाल्न कठिन भएका पत्रकारलाई सहयोग गर्नुपर्छ

बैशाख १८, काठमाण्डौ । कोरोना भाइरसका कारण लकडाउनको कारण देखाउँदै ठूला मिडिया हाउसले त्यहाँ कार्यरत पत्रकारहरुलाई बेतलबी बिदा र तलमै नदिने खालका समाचार बाहिर आएकोमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले त्यस्ता मिडिया हाउस र तिनका मालिकलाई चेतावनी दिएका छन् । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भनेर सरकारले लकडाउन गरेको आज ३७ औ दिन समेत बितेको अवस्थामा साना लगानीका मिडियाका साथीहरुले पत्रिका प्रकाशन गर्न नपाएको र मिडिया मा कार्यरत पत्रकारको घरमा चुलो समेत बल्न समस्या भएको बेलामा ति मिडिया हाउसका मालिकहरुले बेतलबी बिदामा राख्नु र दिन बाँकी तलब समेत नदिनुले म र नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको तर्फबाट ध्यानाकर्षण भएको र त्यस्तो खाले हर्कत नगर्न समेत आग्रह गर्दै चेतावनी समेत दिएका छन् ।
कोरोना महामारीको बेला पत्रकारहरुलाई थप सुबिधा बढाएर पत्रकारको मनोबल बढाउनुको सट्टा काम गरेको परिश्रम समेत नदिनुले ति मिडिया हाउसका मालिकाहरुको नियत नै खराव भएको र यदि त्यसो गरिएको खण्डमा हामी सबै पत्रकारहरु एकजुट भएर विरोध गर्नुको विकल्प नभएको समेत बताएका छन् ।
अध्यक्ष बिडारीले यस्तो बेलामा हामीले आफ्नो व्यक्तिगत तर्फबाट र शाखामा हामीसँग उपलब्ध भएको स्वास्थ्य सामाग्री र खाद्य सामाग्री समेत जो बिहान बेलुका चुलो बाल्न नै कठिन भएका पत्रकारहरुको पहिचान गरेर सहयोग गर्दै आएको समेत बताउनु भयो । काठमाण्डौ शाखा त्यति सम्पन्न र व्यवस्थित नभए पनि अहिलेको मानवीय विपत्तिलाई जो कोहीले पनि सहयोग गर्नु पर्ने भएकाले र त्यसमा काठमाण्डौ मा कार्यरत पत्रकारको छाता संगठन भएकोले पनि हामीले शााखाको तर्फबाट गर्न सकिने सहयोग पत्रकारलाई गरिरहेको समेत बताउनु भयो । अहिले शाखाको पहमै पत्रकारहरुका लागि भनेर कपाल काट्ने व्यवस्था गरिएको जानकारी दिदै अध्यक्ष बिडारीले पत्रकारहरुले जोखिम मोलेर रिर्पोटिङ गरिरहेका हुनाले सबै पत्रकारहरुलाई सजक, सर्तकता र अन्य सावधानीपूर्वक आफ्नो जिम्मेवारी वहन गरी सत्यतथ्य र निष्पक्ष समाचार संकलन गर्न समेत आग्रह गर्नुभयो ।