जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाइँदै

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको जापानको नारा एक चुनावी कार्यक्रममा भाषण गर्ने क्रममा नौ सेनाकोे एक जनाले हिजो पछाडीबाट गोली हानेर हत्या गरे पछि उनको निधनमा नेपाल सरकारले सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।