काँग्रेस वरिष्ठ नेता पौडेललाई जापानद्धारा उच्च सम्मान

बैशाख १८, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठन नेता एवं रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान दिने भएको छ । जापान सरकारको उत्कृष्ट विभुषण (ग्राण्ड कोर्डन अफ द अर्डर द राइजिङ सन) पौडेललाई दिने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले बुधबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । जापान–नेपाल सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गरेको भन्दै जापान सरकारले उक्त सम्मान पूर्वसभामुखसमेत रहेका ७६ वर्षीय कांग्रेस नेता पौडेललाई दिन लागेको हो ।