व्यापारी शुलभ अग्रवाल रिहा लगत्तै पुनः पक्राउ

बैशाख १८, काठमाडौं । ज्वरो नाप्ने थर्मल गनको कालो बजारी सम्बन्धी मुद्दामा चैत २५ गते पक्राउ परेका व्यापारी शुलभ अग्रवाललाई आज काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए उँगै पुनः पक्राउ गरिएको छ । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पुनः पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने बताइएको छ ।