नेकपा माओवादी केन्द्र ले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगायो नाम लिष्ट सहित

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाण्डौंमा आज असार १९ देखि २१ गतेसम्म चल्ने पार्टीको केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ ।

यसअघि माओ‌वादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो ।

माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको छ ।

केन्द्रीय सदस्यहरुको नाम लिष्ट :

Maoist-ccm-list