बाबुराम भट्टराई र उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयारी

जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ। पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएपछि जसपा फुट्ने लगभग निश्चित भएको छ।

बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए। भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको बुझिएको छ ।

‘एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिऔं भन्ने उहाँको प्रस्ताव छ,’ कार्कीले भने,‘एकले अर्काले गद्दार र विभाजनकारीको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुलै राख्न दुबै अध्यक्ष तयार भएका छन्।’

स्रोतका अनुसार दुई अध्यक्ष सांसदहरूलाई समेत पार्टी रोज्न दिने कुरामा सहमत भएका छन्।