रामकुमारी झाँक्री सहरी विकास मन्त्री हुँदा उनको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप मन्त्री झाँक्रीद्धारा खण्डन

सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा काम गरेबापत् ६र७ महिनाको तलब नपाएको गुनासो गरेकी हुन् ।

तर झाँक्रीले भने न्यौपाने नेताको भनसुनका आधारमा सचिवालयमा काम गर्न आएको तर आफूलाई मन्त्रालयमा कुनै सहयोग नगरेको दाबी गरेकी छन् । न्यौपानेलाई फागुनदेखि नै सचिवालयबाट बिदा गरेको पनि उनको भनाई छ । ुमेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने, मेरो सुविधा दिनु भनेर मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिए,ु उनले लेखेकी छन् ।

उनले थप लेखेकी छन्, ुमैले त एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छरु म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिनेरुु

यस्तो छ झाँक्रीको भनाइ 

मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन। माधव कमरेडले पत्र सहित पटक पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौँ र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट मिलाएर तलब खुवाउनु राख्नु भन्नुभयो। पार्टी नेताको आदेश त मान्नै पर्‍यो तर तलब कहाँबाट खुवाउनुरु नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुँदैन। प्रशासनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन। मैले पाउने दुई जना ड्राइभर गाडी चलाउनु पर्‍यो, दुई जना सहयोगी मेरो परिवारको लागि खाना पकाउन चाहियो। स्वकीय सचिवमा एक जनाको तलब पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो। अरू दुई जना मेरा जिल्लाको पार्टीले सिफारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो।

त्यसैले मैले मङ्सिर, पुस, माघ र फागुनको तलब दैनिक ज्यालादारीमा राखेर खुवाएँ । पहिलो कुरा तलब दिने ठाउँ छैन, दोस्रो उनको मलाई कुनै सहयोग छैन। उनकै प्रोफाइल हेर्नुस् मेरो सचिवालयमा बसेर मेरै क्याबिनेटका मन्त्रीबारे गरेका टिप्पणी । त्यसैले उनलाई मैले निकाल्नु पर्‍यो। कतिसम्म भने मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने, मेरो सुविधा दिनु भनेर मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिएँ। मैले त एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छरु म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिनेरु

(रामकुमारी झाँक्री