नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने

विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जुम्लामा पत्रकारसँग कुरा गर्दै नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन् । उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् ।

कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए ।