प्रतिगमनको पहिलो रोजाई राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, तर यो किमार्थ सम्भव छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्ने क्रममा प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् । अध्यक्ष नेपालले आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए ।

‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, तर यो किमार्थ सम्भव छैन । राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफुलाई राम्ररी थाहा भएको पनि बताए । संघीयता समस्या नभएको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ
छ । ‘संघीयता समस्या होइन, समस्या भनेको गुड गभरनेन्सको कुरा हो । जिम्मेवारी बोधको भावनाको कुरा हो । कामको तरिका र दृष्टिकोणको समस्या हो ।

नेपालले राजनीतिक पार्टी, नागरिक समाज र मिडियाले यस्ता समस्याका बारेमा सरकारलाई दबाब दिनुपर्ने पनि बताए । भ्रष्टाचार र गैरजिम्मेवार प्रवृतिको बिरोध गर्नुपर्ने भन्दै मूल्य बृद्धिको चपेटामा जनता परेको बताए ।

‘तेलको फेरि पनि मूल्य बृद्धि गर्नुपर्छ भन्ने आजै पनि कुरा आयो । तर हामीले जनतालाई कसरी राहत दिन सकिन्छ रु जनताको पीर मर्कालाई राज्यले सम्बोधन गर्नुपर्छ । जनताका समस्याका बारेमा गठबन्धनमा छलफल हुनुपर्छ भनेर मैले पटक पटक भनेको छु’, अध्यक्ष नेपालको भनाइ छ ।