रुकुम पश्चिमको राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना

दुर्घटनामा परेर दुई जनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको छ।

दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। उनीहरू उक्त जिपको चालक तथा सहचालक रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का हुन्।

जिपमा चालक र सहचालक मात्र रहेका थिए।

प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो।