वडाअध्यक्ष न्यौपानेमाथि सांघातिक हमला, उपचारका लागि सुर्खेत लगियो

बैशाख १७, पचालझरना, कालिकोट । कर्णाली अञ्चलको कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष एवं सिकु निवासी रत्नलाल न्यौपानेमाथी स्थानीय काँग्रेसका कार्यकताले कुटपिट गरी घाइते बनाएका छन् । आज बुधबार दिउँसो वडा कार्यालय सिकुमा वडाको बैठक सकेर घरतिर जाने क्रममा वडाअध्यक्ष न्यौपानेमाथि सांघातिक हमला भएको हो । वडामा आउने जति विकासे कार्यक्रम र उपभोक्ता समितिमा आफुहरुलाई समावेस नगरिएको रिसमा काँग्रेस कार्यकर्ता उमेश न्यौपानेको नेतृवमा कमल, तिलक, पारस र जनक सहितको टिमले बाटोमा ढुकेर वडाअध्यक्ष माथि हमला गरी घाइते बनाइएको कुरा कदर न्यूजलाई गाउँपालिका प्रवक्ता तथा वडा कार्यालय ४ अध्यक्ष अनरुप रोकायाले बताउनु भएको छ । प्रवक्ता रोकायाका अनुसार विगतदेखि सो वडामा काँग्रेस कार्यकर्ता र वडाअध्यक्षबीच उपभोक्ता समिति र विकासे कार्यक्रमका सम्बन्धमा मनमुटाव हुँदै आएको र आज आएर वडाध्यक्षमाथि नै हमला गरिएको बताएका छन् । वडाअध्यक्ष न्यौपाने वडाको बैठक सकेर फर्कदै गर्दा काँग्रेस कार्यकर्ताले उनकै भतिजा प्रकाश न्यौपानेमाथि कुटपिट भएको देखेपछि अध्यक्ष रत्नलाल न्पौपानेले छुटाउन जाँदा उल्टै अध्यक्षमा माथि हमला गरी सख्त घाइते बनाएको बताएका छन् । वडाअध्यक्ष न्यौपानेको अवस्था जटिल र गम्भीर भएकाले उपचारका लागि सुर्खेतमा लगिएको समेत प्रवक्ता रोकायाले बताउनु भयो ।
पालिकाको १ वडा अध्यक्षमाथि जुन सांघातिक हमला भई घाइते बनाईएकोमा पालिकाको यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र यसले भोलिका दिनमा अरु विकासे योजना र जनप्रतिनिधिको कार्ययोजनामा समेत असर पर्न गई सेवा नै अवरुद्ध हुने भएकाले घटनाको सत्यतथ्य छुट्टाएर कारवाही गरिने समेत प्रक्ता रोकायाले बतााउनु भयो । साथै पालिकाले वडा अध्यक्ष न्पौनेमाथि भएको आक्रमणको भत्र्सना र निन्दना गर्दै दोषीमाथि कानुनी कारबाहि गरिने समेत बताइएको छ । यस विषयमा पाालिकामाअहिले छलफल भइरेहेको समेत प्रवक्ता रोकायाले हामीलाई बताउनु भएको छ ।