चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध

चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ।

शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।