Breaking News

राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने

राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन् । आउँदो जुलाई १३ देखि १६ सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

इजरायलबाट शुरु हुने उनको भ्रमण साउदी अरबमा पुगेर टुङ्गिने जनाउँदै राष्ट्रपति कार्यालयका एक अधिकारीले इजरायलमा राष्ट्रपति बाइडेनले त्यहाँका नेताहरूसँग इजरालको सुरक्षा, समृद्धि र बृहत्तर क्षेत्रमा बढ्दो एकीकरणका बारेमा छलफल गर्ने बताए । वेस्ट ब्याङ्कको भ्रमणका क्रममा उनले प्यालेष्टिनी प्राधिकरणका पदाधिकारीहरूसँग परामर्श गर्ने र उनीहरूलाई प्यालेष्टिनी जनताको सुरक्षा, स्वतन्त्रता र अवसरको समान उपायसहित ‘दुई राज्य समाधान’ का लागि अमेरिकाको दृढ समर्थन दोहो¥याउने ती अधिकारीले बताए ।

वेस्ट ब्याङ्कको भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति साउदी नरेश सलमानको निम्ता मान्न साउदी अरबको जेद्दा पुग्नेछन् । त्यहाँ उनी ‘जिसिसी प्लस तीन’ले परिचित  इजिप्ट, इराक र जोडर्नसमेत सम्मिलित गल्फ कोअपरेशन काउन्सिलको शिखर बैठकमा सहभागी हुनेछन् । साउदी अरब जिसिसीको वर्तमान अध्यक्ष देश हो । शिखर सम्मेलनमा यस क्षेत्रका नौ जना नेताले पनि भाग लिनेछन् ।

राष्ट्रपति कार्यालयका अनुसार इजरायल भ्रमणको मुख्य उद्देश्य उसको सुरक्षा र समृद्धिका निम्ति अमेरिकाको प्रतिबद्धतालाई सुदृढ तुल्याउनु हो भने जिसिसी शिखर सम्मेलनमा भाग लिएर बाइडेन प्रशासनले मध्यपूर्वमा अमेरिकी सुरक्षा, आर्थिक एवम् कूटनीतिक हितलाई अघिबढाउनु हो । राष्ट्रपति बाइडेनको यो भ्रमण कूटनीतिमार्फत मध्यपूर्वमा शान्ति एवम् स्थायित्व कायम गर्नु पनि हो ।

एजेन्सी