हिजो बुधबार परेको पानीले काठमाडौंको लाजिम्पाटमा युवकसहित मोटरसाइकल बगाएको छ।
बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका-२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको हो।
काठमाडौंको धापासी घर हुने २१ वर्षीय सुरज अर्याललाई खोलाले बगाएको थियो।
पानीले बगाएका अर्यालको तत्कालै उद्धार गरिएको थियो। तर उनले चलाएको बागमती प्रदेश -०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल भने फेला पर्न सकेन छैन।