केपी ओली बेलैमा रुपान्तरण नभए एमालेमा खतराको घण्टी बज्छ

अध्यक्ष माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावपछि एमालेमा खतराको घण्टी बजिसकेको टिप्पणी गरेका छन् । यदि एमालेले समयमै नचेतेमा ठुलो विनाश हुनसक्ने नेपालले बताए ।

‘केपी ओलीले गठबन्धन फुटाउन प्रयास गर्नु अस्वाभाविक होइन । तर उहाँ केपी ओली को त्यो प्रयास सफल हुन दिने वा नदिने हामीमा भर पर्छ’, नेपालले भने, ‘उहाँ केपी ओली बेलैमा रुपान्तरण भए, विगतमा भएका कमीकमजोरी आत्मालोचना गरेको भए बेग्लै कुरा हुने थियो । त्यो केही हुन सकेन ।’

केपी ओली नसच्चिएकाले नै पाँचदलीय गठबन्धन बनाएर संविधान, गणतन्त्र, परिर्वतनको रक्षा गर्न एक भएको नेपालले बताए । पाँच दलीय गठबन्धन बनाउनु रहर नभएको बताउँदै नेपालले देश र जनताको इच्छा चाहनामा निर्माण भएको जिकिर गरे । गठबन्धनमा अविश्वास र आशंका नहोस् भन्नेमा सबै दलहरु सचेत हुनुपर्ने अध्यक्ष नेपालको भनाई छ ।