निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको विषयगत परीक्षाका लागि केन्द्र सार्वजनिक

२५ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको विषयगत परीक्षाका लागि केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले असार ११ गते बिहान ८ बजेदेखि सञ्चालन हुने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा ९विषयगत०का लागि सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो ।

कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सार्वजनिक गरेको छ ।

आयोगले गत चैत १७ गते २ हजार ५९८ रिक्त पदको लागि सञ्चालन गरेको सामान्यतर्फको परीक्षामा ७६ हजार ८०६ सहभागी थिए । जसमध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

निमाबि शिक्षक परीक्षाको केन्द्र