बजेट छलपलबारे प्रधानमन्त्री र सभामुखबीच भेटबार्ता

१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको हो । आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसदको बजेट बारे छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । बजेट (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो । संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।