कृषि क्षेत्र अगांल्न कृषि मन्त्रालयको अनुरोध

१७ बैशाख, काठमाडौं । कोरोना लकडाउनका कारण आर्थिक क्षेत्र धरासाही बनेको र मानिसहरु बेरोजगार हुन सक्ने आकलनलाई मध्य नजर गदैं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि क्षेत्रलाई सुचारू राख्न अनुरोध गरेको छ । कृषि सम्बन्धी गतिविधि नियमित नराखे भोलीका दिनमा खाद्य असुरक्षाको अवस्था आउन सक्ने भन्दै कृषि क्षेत्रलाई निरन्तरदा दिन मन्त्रालयले कृषक, व्यवसायी, कृषि तथा पशुसेवा प्राविधिकलाई अनुरोध गरेको हो ।
कृषि क्षेत्रमा काम गर्नेले सावधानिका उपाय अवलम्बन गरी कृषिलाई निरन्तरता दिए पछि खाद्यान्नको अभाव नहुने मन्त्रालयले बताएको छ कृषकलाई सम्भव भएसम्म खेतबारी बाँझौ नराख्न मन्त्रालयले अनुरोध गरेको छ । काम गर्दा, विश्रामको समयमा, खाजा वा चिया खाने बेलामा, आवत जावत गर्दा कम्तिमा ३ फिटको दुरी राख्न मन्त्रालयले सुझाएको छ । कोरोना महामारीको समयमा सकेसम्म किसानलाई सकेसम्म मेशिनको प्रयोग नगर्न पनि पनि अनुरोध गरेको छ। यदी गर्नै परेमा मेशिनको प्रयोग गरेपछि राम्ररी साबुन पानीले हात धुनुपर्ने छ । साथै कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल निर्वाधरूपमा बजारसम्म पुर्याइदिन स्थानीय तहलाई अनुरोध गरेको छ ।