तिनदिन लगातार मौसममा गडबढी हुने सर्तक हुन अनुरोध

१७ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाटसमेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।
आज बुधबार दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती पनि देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको पूर्व र पश्चिमका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
विहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू९भागमा सामान्य बदली रही केही स्थानहरुमा अपरान्ह पछि मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।