१९ जेठ, काठमाडौं । कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसीले आज माओवादी केन्द्रका अध्यक्षलाई भटेर आफु माओवादी मै रहेको बताएका छन् ।
स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका थिए ।
केसीले अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका छन् । भेटमा केसीलाई अध्यक्ष प्रचण्डले खादा लगाइदिएर बधाईसमेत दिएका थिए ।