निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।
‘हामीले एक साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय गरेका छौं’, तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले सेतोपाटीसँग भने,‘एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ।’
यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन्। काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिए।
उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन्।
यसैबीच जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान ९फोरकास्ट० गर्न नसक्ने बताएको छ।
मौसम विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट फोरकास्ट’ गर्न नसक्ने बताएको हो ।