अमेरिकामा एकैदिन २५ सय जनाको मृत्यु, टोटल मृतकको संख्या ५९ हजार २ सय ६६ पुुग्यो

एजेन्सी

१७ बैशाख, काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ । साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।