बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको कोलकातामा निधन

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।

५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।

अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनले पत्रकारहरूसँग भने, ‘केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ ।केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए ।

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कलकत्ताको   कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका थिए । यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो। तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए ।

होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए । तर बिग्रिएको स्वास्थ्यका कारण उनले त्यसलाई अस्वीकार
गरे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा पुर्‍याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका
थिए ।

केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । हम दिल दे चुके सनमु मा उनले गाएका तडप तडप के इस दिल से र ओम शान्ति ओमु मा आँखों मे तेरी लाई दर्शकले राम्रै रुचाएका थिए। उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।

केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए। अमितकी पत्नी रीमा गांगुलीले फेसबुकमार्फत केकेको मृत्युको जानकारी दिएकी छन् ।​ केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, केके भनेर चिनिने गायक कृष्णकुमार कुननाथको आकस्मिक निधनले दुःखी भएको छु । उनका गीतहरूले फरक-फरक भाव राखेका छन् र उनका गीतहरूले सबै उमेर समूहका मानिसको मन छुने गरेका छन्। उनको परिवार र प्रशंसकहरूले उनलाई गीतमार्फत सम्झिनेछन् ।