विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार क्रमशः ८ कक्षासम्म यो कार्यक्रम लैजाने योजना अनुसार आगामी आवमा कक्षा ६ सम्म विस्तार गरिएको हो । स्थानीय तहको उत्पादनलाई प्राथमिकता दिइने अर्थमन्त्रीले उल्लेख गरे ।