साथिहरु केही दिनमा आर की पार हुनेवाला छ तयारी अवस्थामा बस्नुहोस्

प्रधानमन्त्री

१६ बैशाख, काठमाडौं । सरकारले अध्यादेश ल्याएपछि बदलिएको राजनीतिक तरङ अहिले नेकपाभित्र गन्जागोल भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफु माताहतका सांसदलाई निर्देशन दि.दै भनेका छन्, जस्तोसुकै परिस्थितिको सामना लागि तयार रहनु । आज सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूनिकटका दुई दर्जन बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्र समेत भइरहेको बताएका थिए ।
साथीहरू वार कि पारको अवस्थामा लाग्नुभएको छ । मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने योजनामा छन् । त्यस्तो अनिष्ठ परिस्थिति आउनसक्ने मानसिकता बनाइराख्नुस् । उहाँहरूले जे पनि गर्न सक्नुहुन्छ ।
प्रधानमन्त्री ओलीले मंगलबार बस्ने सचिवालयले धेरै कुराको टुंगो लगाउने र त्यस्तो नभए अरु ३–४ दिन लाग्न सक्ने समेत बताएका थिए । मंगलबार बस्ने भनिएको सचिवालय बैठक भने बस्ने सकेन । अर्का सांसद महेश बस्नेतले पार्टी बाहिर भन्दा पनि भित्रैबाट आफूलाई असफल बनाउन खोजिएको गुनासो प्रधानमन्त्रीको रहेको बताएका छन् ।
’मैले धेरै काम गरेको छु । त्यसमा कसैको ध्यान गएको छैन । साथीहरू खाली विरोध मात्रै गर्नुहुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद बस्नेतले भने,’मेरो ७५ प्रतिशत समय त साथीहरूका गुनासो सुन्ने र उनीहरूको चित्त बुझाउँदैमा गयो ।
प्रदेशमा प्रशिक्षण कार्यक्रममा समेत सरकारको विरोध भएको भन्दै प्रधानमन्त्री ओलीले यसभन्दा अगाडिका प्रधानमन्त्रीहरुले नसोचेको काम गर्दा समेत प्रशंसा नपाएको गुनासो गरेका थिए ।
आफूबाट कुनै गल्ती भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले यसलाई सुधार्नका लागि सुझाव दिनुको साटो अध्यक्ष र प्रधानमन्त्रीबाटै हटाउन खोजिएको समेत बताएका थिए ।
’अध्यक्ष र प्रधानमन्त्रीबाट छोड्नुपर्छ भनेर साथीहरू लाग्नुभएको छ । परिणाम जे पनि आउनसक्छ भनेर उहाँहरू अन्तर्वार्ता दिँदै हिँड्नुभएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सुब्बाले भने,’अध्यादेश आयो,पार्टीकै साथीहरुले फिर्ता गर्ने भनेपछि फिर्ता गरें । साम्य हुन्छ कि भनेको तर उहाँहरूको अभियान अर्कै रहेछ । उहाँहरू वार कि पारको लडाइँमा लाग्नुभएको छ ।
स्थायी समिति सदस्यहरूले समेत यो सरकारलाई किन समर्थन गर्ने भनेर बोल्दै हिँडेको भन्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनसम्म हुनसक्ने चेतावनी दिएका थिए । पार्टीभित्रको संकट गहिरिएको भन्दै प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिलाई आक्रमण गर्ने योजना बनाइएको आरोप लगाएका थिए ।
सहभागी एक संसदका अनुसार आक्रमण भौतिक नभई राजनीतिक रूपमा गर्न खोजिएको समेत प्रधानमन्त्रीको जिकिर छ ।
प्रधानमन्त्रीसँगको छलफलमा उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट, सांसदहरू महेश बस्नेत, निरूदेवी पाल, कृष्णकुमार श्रेष्ठ, लालबहादुर थापा, विजय सुब्बालगायत थिए । सहभागी सांसदहरूका अनुसार मन्त्री भट्टले त्यही भेलाबाट आफ्नो समर्थन प्रधामन्त्री ओलीलाई रहेको बताएका थिए ।