मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । नेपाली उत्पादन बढाउन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।