देशभर १२ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि

१३ जेठ, काठमाडौं । देशभर १२ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । २,२३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १,१४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

आजै १३ जना संक्रमण मुक्त भएका छन् भने १२४ जना सक्रिय संक्रमित रहेका छन् ।