राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । आज शुक्रबार राष्ट्रियसभामा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो ।

जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हुन्छ वा हुँदै भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई सोध्दा बहुमत सदस्यले हुन्छ भनेर पास गरेका छन् ।

योसँगै आगामी जेठ १५ गते दिउँसो ३ बजे सरकारले दुबै सदनको संयुक्त सभामार्फत आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्ने भएको छ ।