Breaking News

एमाले सांसदहरुले बैठक अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित

आजको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले हिजो बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनबाट उठेर होहल्ला गरेका थिए ।

त्यसपछि उनीहरुले मन्त्री बडूका अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान राखेका थिए । सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतको भनाइ अनुसार रेकर्ड हेरिने तर सांसदहरुलाई पटकपटक बस्न आग्रह गर्दा पनि उनीहरुले अटेर गरेका थिए । त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गरेका थिए ।