काठमाडौं महानगरपालिकाको आज मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले २० हजार ९६५ मत पाएका छन् ।
यसैगरी विवेकशील साझाकी समीक्षा अधिकारीले ४१५ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठ ३ हजार ४२९ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले ३८ हजार ३५१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवार ७ हजार २३ मत पाएका छन् । मतगणना सुरु भएको ८ दिन बितिसक्दा अझै ४५ प्रतिशतको हाराहारीमा मतगणना हुन बाँकी रहेको छ ।