रोकाया दोस्रो पटक लोकप्रिय मतसहित वडाध्यक्षमा निर्वाचित

७, पचालझरना, कालिकोट । कालिकोट जिल्ला पचालझरना गाउँपालिका-४ वडाको वडाध्यक्षमा अनरुप रोकाया पुनः निर्वाचित भएका छन् । रोकाया २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक यही वडाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा माओवादी (केन्द्र) बाट पचालझरना गाउँपालिका-४ नम्बर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

पचालझरना जनताको मनमनमा बस्न सफल एक असल र जनपक्षीय नेताका रुपमा चिनिदै आएका रोकाया ४ नम्बर वडाबासीको मनमा मात्र नभएर समग्र पचालझरना जनबासीको मनमनमा बस्न सफल नेताका रुपमा चिनिदै आएका
छन् । वडाको मात्र विकास नभएर समग्र पालिकाको विकास र योजनाको बारेमा सदैव सोच्ने र जनतालाई रोजगारी, सीप, आय-आर्जन मूलक व्यवसायका साथै उद्यमशील क्षेत्रमा सदैव खटिरहने नवनिर्वाचित वडाध्यक्ष रोकायाले यस पटकको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी बिजयी भएका हुन् ।

रोकायाले नेकपा (एमाले) र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारलाई हराउँदै बिजयी भएका हुन् । ४ वडाको दुई मतदान केन्द्रको कुल खसेको ४८४ मतको सर्वाधिक २९२ मत प्राप्तगरी बिजयी भएका हुन् । उनले एमाले–काँग्रेस गठबन्धनका साझा उम्मेदवार देवीलाल उपाध्यायलाई १४९ मतको अन्तरले हराउँदै बिजयी हासिल गरेका थिए । गठबन्धनका पराजित उपाध्यायले १४३ मत प्राप्त गरेका थिए ।

No description available.

रोकायाले २०७४ सालको निर्वाचनमा पनि एमाले र काँग्रेसका दुई उम्मेदवारलाई हराउँदै पहिलो पटक निर्वाचित भएका थिए । तर यस पटकको निर्वाचनमा रोकायाले अझैं मतान्तर बढाउदै बिजयीको माला पहिराएका छन् ।

नव निर्वाचित रोकायाले गएको ५ वर्षे कार्यकालमा लोकप्रिय काम गर्नुका साथै जनताको मनमा बस्न समेत सफल भएका उनी पालिकाको प्रवक्ताको रुपमा समेत कार्यभार सम्हालेका थिए । पालिकाको ९ वटा वडामध्य ४ वडामा विकास र जनमानसका मागको सम्बोधन गरी जनप्रिय बनेका रोकायाले  जनताको इच्छा र आफुप्रतिको लोकप्रियतालाई सम्मान गर्दै अझैं पचाल झरनाको विकास र जनताको मागको सम्बोधन गर्न २०७९ सालको निर्वाचनमा पालिकाको नेतृत्व गर्ने इच्छा प्रकट गरेपनि पार्टी नेतृत्वले पुनः वडाकै नेतृत्व लिन गरेको आग्रहलाई ग्रहण गर्दै रोकाया  वडाका साथै समग्र पचालझरनाको विकासमा कटिबद्ध हुनेछन् । साथै सफल कार्यकाल सफलताको शुभकामना ।