Breaking News

इलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  विजयी

इलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका रनबहादुर राई मेयरमा निर्वाचित भएका हुन्। उनले १२ हजार ४ सय ३१ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याए।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन्।

उनले ११ हजार ८ सय ५१ मत ल्याएका छन्। दोस्रोमा रहेकी नेकपा एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याइन्।

यो नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो।

Chelsea

यो नगरपालिका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्छ।

यो सँगै १० पालिका रहेको इलामको सबै पालिकाको नजिता आइसकेको छ। जसमा नेकपा एमालेले ५ वटा पालिकामा प्रमुख पद जित्दा नेपाली कांग्रेसले ४ र नेकपा एकीकृत समाजवादीले १ पालिकामा प्रमुख पद जितेका छन्।

पालिका प्रमुख/अध्यक्ष उम्मेदवार पार्टी प्राप्त मत
इलाम नगरपालिका प्रमुख केदार थापा नेपाली काँग्रेस १३१६५
देउमाई नगरपालिका प्रमुख सूर्य प्रसाद पोख्रेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८६९५
माई नगरपालिका प्रमुख खम्बासिं लिम्बु नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८१३२
सूर्योदय नगरपालिका प्रमुख रन बहादुर राई नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) १२४३१
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग नेपाली काँग्रेस ६६५०
फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५३२२
माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५१३५
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३८१८
रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्‍याबो नेपाली काँग्रेस ४६७९
सन्दकपुर गाउँपालिका अध्यक्ष तुला राम गुरुङ्ग नेपाली काँग्रेस ४२२३