७ जेठ, हुम्ला । बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका -५ नेप्का ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।
तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको आफन्त जसिलाल तामाङले जानकारी दिए ।
बिरामीको शरीर सुन्निएर श्श्वास प्रश्वासमा समस्या भएको र गाउँमा गतिलो स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त तामाङले बताए । ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाइ छ ।