कालोबजारी गरेर बढी मूल्यमा बिक्री गर्ने भाटभटेनीलाई तीन लाख जरिवना

धरान , बैशाख १६ गते । कोरोना लकडाउनको मौका छोपी धारनामा अवस्थित भाटभटेनी सुपरमार्केटले महङ्गो मुल्यमा सामान बिक्री वितरण गरेका कारणले वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी स्टोर टङ्गाललाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।
बढी मूल्य लिएर सामान बेचेको उजुरीका आधारमा अनुगमन गरिएको र बढी मूल्य लिएको पाइएकाले तीन लाख रुपैयाँ जरिबाना तिराएको विभागको अनुगमनले जनाएको छ । भाटभटेनीले एक सय २० रुपैयाँ पर्ने लाखमरीलाई दुई सय २० रुपैयाँमा बेचेको भेटिएको थियो । यस्तै विभागले हिजो सोमबार नै अन्य तीन वटा स्टोरलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
अमरावती खाद्य भण्डार कपनलाई दुई लाख, एमवीटी खाद्य सप्लायर्स कपनलाई एक लाख र जीएन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । उनीहरुले बढी मूल्यमा बेच्ने, मुल्यसूची नराख्ने लगायतका कसुर तोकिएको छ ।