दैलेखको आठविस नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनी

स्थानीय तहको निर्वाचन जति नजिक हुँदै छ त्यति घटना घट्ने क्रममा दैलेखको आठविस नगरपालिकामा गए राति नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ।

उम्मेदवार तर्कबहादुर बडुवालले प्रयोग गर्दै आएको बा १९ च ५५७९ नम्बरको स्कर्पियोमा आगजनी भएको हो।

आठविस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङमा रहेको गाडीमा आइतबार राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ।