वडाध्यक्ष उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ लड्डु खाँदा बिरामी भई हस्पिटल भर्ना

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ लड्डु खाँदा बिरामी परेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना बिरामी भएका हुन् ।

भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरुले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । सोही खाएपछि शेषसहित उमा साह र पूर्णिमा कार्की पनि बिरामी बनेकी छन् ।

बिरामी भएकामध्ये शेषलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने बाँकी दुई जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।