प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा पार्टी सिध्याउन लागे

अध्यक्ष केपी शर्मा ओली

२५ वैशाख, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भरतपुरको चितवनमा भएको चुनावी आमसभामा बोल्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बोलेका छन् ।

आभसभामा बोल्दै ओलीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे ।

‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन ।

ओलीले अघि भने, बिचरा चितवनका कांग्रेसका नेता तथा कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?