दुई अध्यक्षबीच बालुवाटारमा छलफल हुँदै

१६ वैशाख, काठमाण्डौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ । हालै पार्टीभित्र देखिएको गतिरोध बारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउने बारे छलफल हुने बुझिएको छ । यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए ।
प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग छुट्टाछुट्टै भएको भेटमा प्रधानमन्त्री ओलीले तत्काल सचिवालय बैठक बोलाउन जरूरी नरहेको बताएका थिए । यसअघि आज सचिवालय बैठक बस्ने भनिए पनि बैठकको समय अझै टुंगो लागिसकेको छैन ।