नेकपामा गुट परिवर्तन गर्नेको लर्को, कहिले यता अहिले उता

१६ वैशाख, काठमाण्डौं । पछिल्लो राजनीतिक बृत्तले नेकापभित्रैबाट प्रधानमन्त्री ओलीको विकल्प खोज्न थालिएको छ । जहाँ प्रचण्डकै सक्रियतामा यो सरकारलाई ढालेर अर्काे सरकार निर्माण गर्ने खेल शुरु भइरहेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन देखाएका छन् । अहिले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल पक्षधर नेताहरु एउटै कित्तामा उभिएका छन् । यही घडीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाशपात्र मानिएका विष्णु् पौडेलले गुट परिवर्तन गर्न भ्याइसकेका छन् । पौडेल समेत ओलीलाई हटाउने अभियानमा साथ दिदै भैसेपार्टी भेलामा उपस्थित भइसकेका छन् । त्यस्तै अध्यक्ष प्रचण्डका नजिक मानिएका लेखराज भट्ट , दिनानाथ शर्मा, टोपबहादुर रायमाझी अहिले ओली सरकार ढाल्न नहुने पक्षमा उभिएका छन् ।
त्यस्तै प्रचण्डका विश्वासिला नेता उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भने अहिलेको अवस्थामा ओलीको विकल्प खोज्नु नहुने पक्षमा देखिएका छन् । उनी प्रधानमन्त्रीले सोमबार बोलाएको सांसदहरुको भेलामा पनि गएका थिए । उनी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु नहुने पक्षमा देखिएका छन् ।
त्यसैगरी, राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा पनि प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन् । उनले यो सरकार ढालिए ठूलो दूर्घटना हुने बताएका छन् ।