दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाश बाहेक केही हुने छैन, त्यसैले कोही कसैले दम्भ नदेखाउनु नै राम्रो

अध्यक्ष माधवकुमार नेपाल

२५ वैशाख, पोखरा । स्थानीय तहको निर्वाचन चुनाव प्रचारप्रसार अन्तर्गत देश दौडाहमा रहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा चुनावी आमसभामा बोल्ने क्रममा दम्भ देखाए विनास हुने बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए । तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले भने, ‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाश बाहेक केही हुने छैन ।’

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार छन् ।