लकडाउन उल्लघंन गर्ने ८१४ सवारीसाधनलाई कारवाही, उपत्यका छाड्नेलाई होल्डमै

१६ वैशाख, काठमाण्डौ। लकडाउनका कारण बन्द रहेको बेला लकडाउनको उल्घंन गर्ने आठ सय १४ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई लकडाउन कडा गर्न निर्देशन दिएको थियो । निर्देशन सँगै ट्राफिक प्रहरीले उपत्यकामा कडाईका साथ चेकिङ थालेको हो । आज मंगलबार साढे ११ बजेसम्म ८ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरीले बताएको छ ।
८१४ मध्ये दुई पाङ्ग्रे सवारीसाधन ७२१ छन् भने ९३ चार पाङ्ग्रे सवारीसाधन छन् । आज मंगलबारदेखि १० दिनका लागि लकडाउन लम्बिएसँगै काठमाडौं बाहिर जान खोज्नेको संख्या पनि बढेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यका बाहिर जान खोज्ने करिब तीन सय जनालाई होल्डमा राखेको छ । त्यस्तै अनावश्यक रूपमा हिँडडुल गर्ने ११ सय जनालाई समेत नियन्त्रणमा लिएको छ । उपत्यका बाहिर जान खोज्ने तीन सय जतिलाई होल्डमा राखेका छौं,’ परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने,’अनावश्यक रूपमा हिँड्ने ११ सय जना तीन घन्टा होल्डमा राख्छौं ।
प्रहरीले उपत्यका बाहिर जान खोज्नेहरूलाई आफ्नै कोठामा जान अनुरोध गरिरहेको उनले बताए । उपत्यका बाहिर जान चाहनेलाई हामीले सम्झाउन खोजिरहेका छौं,’ खान नपुगेको भए त्यसको व्यवस्था गरिदिने भनेको उनले बताए ।