आमा र बुवालाई छोराले खुकुरी प्रहारबाट हत्या

ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ मा आमा र बुवालाई छोराले हत्या गरेका छन् । हिजो बिहीबार साँझ ५ बजेतिर ७० वर्षीय बिर्खबहादुर लिम्बु र ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहारबाट हत्या भएको थियो ।

मदिरा पिएर फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा घर भएका मृतकका छोरा २५ वर्षीय आइतराज लिम्बुले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ताप्लेजुङका डिएसपी कैलाश राईले बताए ।

आइतबार लिम्बुलाई प्रहरीले हत्यामा प्रयोग गरेको खुकुरीसहित पक्राउ गरेको छ ।