Breaking News

प्रधानमन्त्री शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई भरतपुर आमसभा आउन आग्रह : जवाफमा शेखरले कार्यव्यस्तता भएकाले आउन नसक्ने जानकारी

२२ वैशाख, काठमाडौं । सत्ता गठबन्धनले आज चितवनमा चुनावी आमसभा गर्दै छ । यसको तयारी पूरा भइ गठबन्धनका शिर्ष नेता चितवन पुगी सकेका छन् । आजको चितवन सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड, एकीककृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतले बोल्ने कार्यक्रम छ । यसै अवसरमा प्रधानमन्त्री एवं पाटी सभापति शेरबहादुर देउवाले भरतपुरको सभामा आउन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् ।

आज बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । तर डा. शेखरले कार्यव्यस्तता भएकाले आउन नसक्ने जानकारी गराएका थिए ।

पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई उपस्थित हुने जनाएको थियो । उपस्थित हुने नेतामा डा। शेखरको नाम भने पूर्वनिर्धारण गरिएको थिएन ।