नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
उनीविरूद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएकोले खोजी कार्य सुरू गरिएको छ ।
विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका थिए।
विष्टविरूद्ध ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। त्यसयता उनी फरार रहेको बताइएको छ।