Breaking News

हेटौंडालाई डिजिटल शहर बनाउने मेरो  योजना हो

हेटौंडा उपमहानगरपालिकामा मीनाकुमारी लामा मेयरकी उम्मेद्वार हुनुहुन्छ । गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएकी  उहाँ  नेकपा एकीकृत समाजवादीकी नेतृ हुनुहुन्छ ।

पाँच वर्ष उपमहानगरपालिकामा उपमेयर रहनुभएकी लामा  आफ्नो नेतृत्वमा शुरु भएका कामलाई पुरा गर्न मेयरमा उम्मेद्वार दिएको बताउनुहुन्छ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा  निर्वाचित हुनुभएकी लामा मोफसलमा  पार्टीको सक्रीय नेताको रुपमा चिनिनुहुन्छ।

उहाँ भन्नुहुन्छ,” हेटौंडालाई डिजिटल शहर बनाउने मेरो  योजना हो। हेटौंडालाई पर्यटकिय क्षेत्र बनाई मुख्य आन्तरिक स्रोतमा वृद्धि गर्दै  औद्योगिक क्षेत्र निर्माण भएको हेटौंडामा बेरोजगार जनताहरुलाई रोजगार दिलाउँछौं। १९ वटै वडामा सबै पूर्वाधार पक्की, घरघरमा पानी, बिजुली र जेष्ठ नागरिकलाई छुट्टै अस्पताल उपमहानगरपालिकाका सबै वडामा मिनिरंगशाला निर्माण, महिला बालबालिकामैत्री बनाउनेलगायत योजना छन्। शिक्षामा पहुँच पुर्‍याउने र दिर्घरोगीका बिरामीहरुलाई निःशुल्क उपचारजस्ता विषय मेरो प्राथमिकता हुनेछन्।”

आजसम्म महिला  प्रमुख पद नपाएको हेटौंडामा महिलाको आवश्यकता परेको र  पाँच दलीय गठबन्धन मिलेर निर्वाचनमा जान लागिएकोले   चुनाब  जित्ने आधार बलियो बनेको उहाँले बताउनुभएको छ । गठबन्धनकामात्र होइन अन्य पक्षका महिलाले पनि मतदान गर्नेछन्। उहाँको बिश्वास छ।

मीनाकुमारी लामा, मेयरकी उम्मेद्वार