करिब १२ घन्टाको थानकोट-नागढुङ्गाको सास्ती पछि काठमाण्डौ प्रस्थान

बैशाख १२, कामाण्डौ । विराटनगर महानगरपालिकाले विराटनगरबाट करिब ८५ जना यात्रुलाई बस रिजर्भ गरेर हिजो बेलुका काठमाण्डौं पठाईए पनि सरकारले काठमाण्डौं प्रदेश गर्न नदिएर नागढुंगामा नै रोकेपछि करिब १२ घन्टाको सास्ती पछि अहिले साँझपख मात्रै काठमाडौं प्रवेश गर्न दिइएको छ । साँझ करिब साढे ५ बजेतिर उनीहरुलाई बसको व्यवस्था गरी काठमाडौं पठाइएको चन्द्रागिरी नगरपालिका २ वडाका वडाध्यक्ष गोपी सुर्खेतीले जानकारी दिएका छन् ।
उनका अनुसार हामीले उनीहरुको तापक्रम नापेर पठाएका हौं र ‘सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौँ । सोमबार बिहान विराटनगर महानगरपालिकाले करिब ८५ जनालाई काठमाडौं पठाएको थियो । तिमध्ये केहीलाई बिहानै नाम टिपाएर प्रवेश गर्न दिइएको थियो भने केहीलाई नागढुंगामै रोकिएको थियो । केहीलाई काठमाडौं प्रवेश गर्न दिने, केहीलाई रोकिएपछि बाँकी रहेकाहरुले दिनभारी जसो विरोध र पीडा पोख्दै आएका थिए ।