सांसद महेश बस्नेतमाथि जोडिएको घटना कूप्रचार मात्र हो

नेकपा जि.क. भक्तपुर

१५ वैशाख, भक्तपुर । तत्तकालीन राजपा नेता तथा हालै गठन भएको जनता समाजवादी पार्टीका नेताको अपहरण गरेको अभियोग लागेका विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला संगठन कमिटी भक्तपुरले नेकपा केन्द्रीय सदस्य महेश बस्नेतसँग जोडिएको घटनामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।
विगत केही दिनदेखि नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद महेश बस्नेत माथि पटक पटक अनावश्यक चर्चा गरि विवादमा तान्न खोज्नु गैरलोकतान्त्रीक चरित्र हो भनेको छ । पार्टीका जिल्ला अध्यक्ष वचन देउवाद्वारा आज जारी विज्ञप्तिमा क. महेश बस्नेतको विषयमा गरिएको कूप्रचार एउटा व्यक्तिमाथि मात्र नभई सिंगो पार्टी र सरकारविरुद्धको षडयन्त्र भएको बताएका छन् ।
विज्ञप्तिमा पार्टी तथा सरकारलाई असफल बनाउनका लागि पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई राजनीतिक गोटी बनाई दबाबमा राखी अपहरणको झुठा आरोप लगाउनु आप्mनो पार्टीको कमजोरी लुकाउन खोज्नु भएको बताइएको छ ।
‘राजनीतिक पूर्वाग्रह राखी व्यक्तिगत लान्छना लगाएर राजनीतिक घटनालाई आपराधिक गन्ध दिने कुचेष्टा गर्नु आफैंमा दुःखद भएकोले तत्काल यस्ता गतिविधि बन्द गर्न जिल्ला कमिटि आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिः