नेपाल–भारत साहित्य महोत्सवको दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । नेपाल–भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
वैशाख १६ देखि १८ गतेसम्म आयोजना हुने सो महोत्सवमा वरिष्ठ साहित्यकारहरू प्राडा वासुदेव त्रिपाठी, प्राज्ञ वैरागी काइँला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्राडा गोविन्दराज भट्टराई, डा। रामदयाल राकेश र डा। राजेन्द्र विमललाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ ।
वरिष्ठ सर्जकहरू हिरण्यकुमारी पाठक, डा। गार्गी शर्मा, माया ठकुरी, प्राडा। उषा ठाकुर, डा। बेञ्जु शर्मा, प्राज्ञ उन्नति बोहरा शीला र पद्मावती सिंहलाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी भारतका साहित्यकार एवं मेरठ फेस्टिबलका आयोजक डा। विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल–भारत साहित्य महोत्सव प्रथम संस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई पनि सम्मान गर्ने भएको छ ।
सबै सम्मान आगामी २०७८ वैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ ।