गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन

सत्ता गठबन्धनको आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो ।

बैठकमा चुनावी तालमेलको समीक्षा भएको छ। जहाँ दोहोरो उम्मेदवारी परेको छ, त्यहाँ हटाउने निर्णय भएको छ ।’ सम्भव भएका ठाउँमा तल्लो तहमा सहमति गरेर साझा उम्मेदवार बनाउने निर्णय भएको यादवको भनाइ छ ।

सत्ता गठबन्धनबीच केन्द्रीय तहमै महानगर र उपमहानगरपालिकामा भएको सिट बाँडफाँटमा पनि दोहोरो उम्मेदवारी परेको छ । ६ महानगर र ११ उपमहानगरपालिकामध्ये अधिकांशमा गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ । त्यसलाई फिर्ता गर्न केन्द्रले नै निर्देशन दिएको उनको भनाइ छ । नगर र गाउँपालिकामा सम्बन्धित प्रदेश र जिल्ला गठबन्धनको संयन्त्रलाई साझा उम्मेदवारीका लागि पहल गर्ने जिम्मेवारी दिएको पनि छ ।