शेखर-गगन ओलीपथमा !

काठमाडौं । वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लिएर सरगर्मी सुरु भएको छ । वैशाख ११ र १२ गते देशव्यापी मनोनयन दर्ता भयो ।

कतै गठबन्धन र कतै एकल रुपमा उम्मेदवारी दिइयो । यो स्थानीय तहको निर्वाचन भए पनि यसले राष्ट्रिय मुद्दा बोकेको छ, ‘प्रतिगमन कि राजनीतिक उपलब्धिको रक्षा रु’, ‘भ्रष्टाचार, माफियातन्त्र कि सुशासन रु’

नेकपा एमालेले पूर्वपञ्च कमल थापा नेतृत्वको राप्रपासँग देशव्यापी गठबन्धन गरेको छ । नेपाललाई इसाईकरण गर्नुपर्छ भन्ने एकनाथ ढकालसँग पनि मोर्चा बनेको छ । नेपालको भन्दा पनि भारतीय संस्थापन पक्षको स्वार्थमा बढी हिंड्ने महन्थ ठाकुर–राजेन्द्र महतोसँग पनि क्षेत्रीय रुपमा गठबन्धन भएको छ ।

जनताको वलिदानीबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा र देशमा समृद्धि स्थापना गर्ने भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मुलतः गठबन्धन भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका बीचमा नै विशेषगरी टक्कर भएको थियो । स्थानीय निर्वाचनमा धेरै ठाउँमा एमाले र नेपाली कांग्रेसका बीचमा बढी प्रतिस्पर्धा भएको थियो ।

माओवादी केन्द्रले पनि आफूलाई त्यसबेला प्रभावशाली रुपमा उभ्याएको थियो । सात सय ५३ स्थानीय तहमध्ये एक सय ६ ठाउँमा प्रमुख जितेको माओवादी केन्द्र ७४ ठाउँमा निकटतम प्रतिद्वन्द्वी भएको थियो । एमालेले दुई सय ९४ र कांग्रेसले दुई सय ७४ ठाउँमा जित हासिल गरेका थिए ।

एमाले फुटेको छ । एकीकृत समाजवादी पार्टी निर्माण भएको छ । यो पार्टीको धेरैजसो ठाउँमा कांग्रेस, माओवादी केन्द्र र जसपासँग तालमेल भएको छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीलाई कम आँक्न मिल्दैन । यसको मत एमालेसँगै निर्भर छ । एमालेका धेरै मतदाताले अब एकीकृत समाजवादीलाई मतदान गर्नेछन् ।

एमाले फुटेकाले त्यसको लाभ कांग्रेसलाई बढी पर्नसक्ने आकलनले कांग्रेसका एकथरि नेताहरु उत्साहित छन् । जसले गर्दा गठबन्धनमा धेरै अरुची देखाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरु गठबन्धनको पक्षमा भएकाले अधिकांश ठाउँमा गठबन्धन भएको पनि छ । उम्मेदवारी फिर्ता लिने बेलासम्म धेरै सच्चिने गठबन्धनका दलले विश्वास गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिलाई अँध्यारो सुरुङको यात्रामा लगेको कांग्रेस नेता शेखर कोइराला, गगन थापासहितका इतर पक्षले यति चाँडै बिर्सेका हुन या बुझ पचाएका हुन या केपी ओलीलाई चलाउने केन्द्रबाट पछिल्लो दिनमा यी पनि चलेका हुन रु यसको जवाफ उनीहरुसँगै होला । तर, कांग्रेसका कतिपय नेताको पछिल्लो ‘मुभ’ सन्देहास्पदमात्र होइन नेपालको राजनीतिका लागि निकै घातक देखिन्छ । उनीहरुको गति र मतिले प्रतिगमनलाई टेवा पुर्याउने अधिक सम्भावना देखिन्छ ।

सत्ताबाट बेदखल भइसकेको एमाले आफ्नो पुरानै प्रतिगामी ढर्राबाट टसको मस छैन । स्थानीय जनमुद्दा वा केवल पद प्राप्तिको विषयमात्र अहिले होइन । फेरि पनि कांग्रेस इतर पक्षका नेता अझै किन गम्भीर भएका छैनन् रु

हिजो केपी ओलीले गरेका राजनीतिक तथा आर्थिक अपराधलाई उठाउने कुरामा किन शेखर कोइराला, गगन थापाहरु यतिवेला किन चुपचाप छन रु कार्यकर्ताहरुलाई भड्काएर घोषित(अघोषित रुपमा ओलीसँग मोर्चा त कस्दै छैनन् रु यो प्रश्नको जवाफ दिन शेखर(गगनहरु तयार हुनुपर्छ । नत्र, ‘ओली प्रतिगमन ठिक थियो’ भन्न तयार हुनुपर्छ ।

दृष्टि न्यूजबाट